व्यापारीको कब्जामा पारस खड्का !

काठमाडौं, १३ कार्तिक । कलश सिमेन्टको ब्राण्ड एम्बेस्डरमा नेपाली क्रिकेटका राष्ट्रिय कप्तान पारस खडका पुनःनियुक्त भएका छन् उनी थप तीन वर्षका लागि ब्राण्ड एम्बेस्डर नियुक्त भएका हुन् । कलश तथा कलश गोल्ड ब्राण्डका सिमेन्ट श्री सिमेन्ट इण्डस्ट्रिज बीरगञ्जद्वारा उत्पादित सिमेन्ट ब्राण्ड हो करीब १२ वर्षदेखि सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले हाल कलश ओपिसी तथा कलश गोल्ड पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ नयाँ लेमिनेटेड व्याग सहितको कलश सुपरसेट ओपिसी सिमेन्ट छिटै बजारमा ल्याउने तयारी भइरहेको पनि कम्पनीले जनाएको छ यी तिनवटै प्रकारका उत्पादनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको बताइएको छ । साथै कम्पनीले निकट भविष्यमै कलश पिएससी स्ल्याग सिमेन्ट उत्पादनको तयारी पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?