बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले

लोकपथ
49
Shares

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन् । घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए।

मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए । गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उनले बताए ।

घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेकोे हुनसक्ने आशङ्का उनले व्यक्त गरे । यस सम्बन्धनमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?