इन्टर मिलानको फ्रोसिनोनमाथि शानदार जित

लोकपथ
39
Shares

काठमाडौं । इटालियन सिरी ए को उपाधि जितिसकेको इन्टर मिलानले फ्रोसिनोनमाथि शानदार जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले फ्रोसिनोनमाथि ५–० को एकतर्फी जित निकालेको हो । सुरुदेखि नै हावी भएको इन्टरलाई डेभिडन फ्रेटेसीले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेका इन्टरले अरु बाँकी चार गोल दोस्रो हाफमा थपेको हो ।

मार्को अर्नोअटोभिकले ६०औं मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । उनले फ्रेटेसीको पासमा गोल गरेका थिए । ७७औं मिनेटमा टाजन बोचनानले स्टेफेनो सेन्सीको पासमा गोल गर्दै अग्रता तेब्बर बनाएको थियो । ८० औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेपछि इन्टर ४–० ले अघि बढेको थियो ।

 यस्तै, मार्टिनेजको पासमा मार्कस थुरमले गोल गर्दै इन्टर मिलानको जित ५–० ले पक्का गरे । जितपछि इन्टर मिलान ३६ खेलबाट ९२ अंकका साथ शीर्ष स्थानमा छ भने पराजित भएको फ्रोसिनो समान खेलबाट ३२ अंकका साथ १७ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?