कैलालीका जलाधार व्यवस्थापन अधिकृत पालविरूद्ध भ्रष्टाचार मुद्दा दायर

लोकपथ
0
Shares

काठमाडौं । कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत पालविरूद्ध विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको हो।

अनुसन्धानको सिलसिलामा पालले तटबन्धन निर्माण योजनामा पेश्की रकम निकासा, पहिलो रनिङ्ग विल भुक्तानी तथा योजनाको सहजिकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँगएक १ लाख २० हजार घुस लिएको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले जानकारी दिए ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख २० हजार बिगो मागदावी गरेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले उनलाई वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?