सामाजिक सञ्जालमा श्रीमतीकाे अश्लील भिडियो हाल्ने श्रीमान पक्राउ

लोकपथ
156
Shares

काठमाडौं । आफ्नै श्रीमतीको चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीको साइबर ब्युराले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकानपुर छतिवन बकैया -७ चुलुङगा घर भएका हाल काठमाडौंको जडिबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बा रहेका छन् ।

उनले वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जाल ह्वाट्सएप मार्फत श्रीमान र श्रीमती बीचमा आदान प्रदान भएको गोप्य अङग देखिने भिडियो फेक एकाउन्ट बनाएर अपलोड गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

पिडितको दिदिले दिएको जाहेरीको आधारमा फुर्साङले नै चरीत्र हत्या गरेको प्रहरीले जनाएको छ ।

उनी विरुद्द विद्युतिय कारोबार ऐन २०६३ अन्तरर्गतको कसुरमा जील्ला अदालत काठमाडौंबाट म्याद थप दिएर आवश्यक अनुसन्धान भइरहेको व्युरोको प्रवक्ता एवम् सुचना अधिकारी दिपक राज अवस्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?