स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ

लोकपथ
377
Shares

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका ७ का २८ वर्षीय समीर सुनार र सोही गाउँपलिकाका २९ वर्षीय मिलन बि.क रहेका छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालीका वडा नं ५ मालीगाउँ एरीयामा हुण्डीसम्बन्धी कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटीएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट बा. १३ च. ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी र ९८ लाख बरामद गरेको छ ।
थप अनुसन्धानका लागि उनीहरुलाई जील्ला प्रहरी परीसर काडमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?