कोशीमा नयाँ सरकार गठनविरुद्ध दायर रिट न्यायाधीश हरि फुयालको इजलासमा

लोकपथ
208
Shares

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध दायर भएको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको इजलासमा तोकिएको छ ।

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै बिहीबार (हिजो) रिट दायर गरेका थिए ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यस विरुद्ध कांग्रेसका तर्फबाट केदार कार्कीले रिट दायर गरेका हुन् ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

हिक्मत कार्कीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई समर्थन गर्ने प्रदेशसभा सदस्यको सनाखत गराई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?