गृहमन्त्री लामिछानेलाई सभापतिको हैसियतमा बोल्न दिने कांग्रेसकाे निर्णय

लोकपथ
611
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा आफ्नो भनाइ राख्न दिने निर्णय गरेको छ ।

आज बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो ।

तर, प्रतिपक्षले यो अधिवेशनमा पनि अवरोध गर्ने अडान छाडेको छैन । सहकारी रकम अपचलनको विपषयमा मुछिएका गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानविन गर्नुपर्ने कांग्रेसको तत्कालिन सत्ता गठबन्धन टुटेपछिको प्रमुख अडान नै छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधको बावजुद बैशाख २ गते रातिबाट लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले आजबाट बजेट अधिवेशन शुरु गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?