शाहरुखले बाथरुममा बनाएका थिए ओम शान्ति ओमको प्रमोसन योजना

लोकपथ
130
Shares

काठमाडौं । निर्देशक फराह खानको निर्देशनमा निर्माण भएको फिल्म ‘ओम शान्ति ओम’ सन् २००७ को सुपरहिट फिल्म हो । शाहरुख खान स्टारर फिल्मबाट अभिनेत्री दीपिका पादुकोणले बलिउडमा डेब्यू गरेकी थिइन् ।

यो फिल्मको संवाद र गीत अहिले पनि उत्तिकै चर्चित छ । रोचक कुरा के छ भने यो फिल्मलाई हिट बनाउनका लागि अभिनेता शाहरुखले बाथरुममा बसेर योजना बनाएका थिए ।

फिल्ममा शाहरुखको मिल्ने साथीको भूमिका अभिनेता श्रेयल तलपडेले निर्वाह गरेका थिए । हालै एक अन्तरवार्तामा उनले कसरी लण्डनको एक होटलमा शाहरुखले श्रेयससँग मिलेर फिल्मको प्रमोसनको रणनीति बनाएका थिए भन्ने खुलाएका छन् ।
श्रेयसका अनुसार फिल्मको प्रमोसनका लागि उनी, दीपिका र शाहरुख लण्डन पुगेका थिए । होटलको एक कोठामा दीपिका अन्तरवार्ता दिइरहकी थिइन् भने शाहरुख र श्रेयस बाथरुममा बसेर प्रमोशनको रणनीति तयार पारिरहेका थिए ।

किनकी सोही दिन बेलुका प्रिमियरमा जानु पर्ने थियो । त्यहीकारण शाहरुख बाथरुमको पटमा प्रिमियरमा कसरी प्रस्तुत हुने सोचिरहेका थिए । ‘शाहरुख बाथरुमको पटमा थिए । म टबमा थिएँ । शाहरुखले रेडकार्पेटमा गएर कसरी नृत्य गर्ने भन्ने योजना बनाएका थिए । त्यो समयमा प्रमोसनको योजना बनाएर दीपिकालाई पर्खिरहेका थियौं’, उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘शाहरुख राती १०ः३० देखि ११ बजेसम्म मेरो कोठामा आए । त्यो बेला दीपिका सुत्न जाने तयारीमा थिइन् । मलाई लाग्यो कि रुम सर्विसवाला पानीको बोतल दिन आयो । जब मैले ढोका खोले, तब मलाई अरु कोही होला भन्ने सोच्न समय लाग्यो । ‘बाहिर नै उभ्याउने हो ?’ शाहरुखले मलाई भनेपछि ‘सरी यार । म त अरु कोही होला भन्ने सोचिरहेको थिएँ ।’

श्रेयसका अनुसार शाहरुख भित्र बस्ने बित्तिकै शाहरुखले भोलिको चार्ट तयार पारे । ‘मानिसहरु सोच्दा हुन् कि शाहरुखको पीआर टिमले प्रमोसनको योजना बनाउँछ । तर यो गलत हो । किनकी सबै उनी नै गर्छन् र आफ्ना कलाकारलाई प्रमोसनको योजना सुनाउँछन्,’ श्रेयस भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?