गुल्मीमा माइक्रो दुर्घटना, ६ को मृत्यु

गुल्मी, १३ कार्तिक – बुटवलबाट तम्घासतर्फ आउँदै गरेको बा४ख ५५०१ नम्बरको माइक्रो बस गुल्मी दरबार गाउँपालिका स्थित वीरबास भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना भएको छ । ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् दुर्घटनाबारे खबर प्राप्त भएको र घटनास्थलमा सुरक्षाकर्मी पठाइएको भन्दै थप विवरण आउन बाँकी रहेको जिप्रका गुल्मीले जनाएको छ माइक्रोमा कम्तीमा १३ यात्रु सवार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?