मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री उपेन्द्र यादव अनुपस्थित

लोकपथ
507
Shares

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आइतबार अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको थियो । यादव विदेशमै रहेको बेलामा राईको नेतृत्वमा जसपा नेपाल विभाजित हुँदा यसमा सत्तारुढ एमाले र माओवादी केन्द्रको हात रहेको आरोप लाग्दै आएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसिरहेको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अधिकांश मन्त्री र मुख्य सचिवको उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?