‘हीरामण्डी’की मनीषा : एक सटका लागि सात घण्टा सेटमा

लोकपथ
273
Shares

मुम्बई । निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । यो एक पिरियड ड्रामा सिरिजमा कैयौं कलाकारको अभिनय छ । नेटफ्लिक्समा रिलिज हुनासाथ दर्शकको संख्या ह्वात्तै बढेको छ । सिरिजमा मल्लिका खानको भूमिका अभिनेत्री मनीषा कोइरालाले निभाएकी छन् । उनले हालै आफ्नो अनुभव शेयर गरेकी छन् ।

मनीषाका अनुसार उनले सिरिजमा धेरै मेहनत गरेकी छन् । ‘शुरुवाती दृश्य सबैभन्दा कठिन थियो, जुन समयमा मैले आफ्नो पात्रको सही सुर निकाल्न पाइरहेकी थिइनँ । म पात्रको स्वर बुझ्ने प्रयासमा थिएँ । मैले निकै गृहकार्य गरें र मल्लिका खानको शारीरिक हाउभाउको बारेमा पढें । यौनकर्मीको भूमिका निभाउनु एक ठूलो चुनौती थियो । अर्को कुरा मलाई उर्दू बोल्न पनि आउँदैन थियो’, उनले भनेकी छन् ।

मनीषा अगाडि भन्छिन्, ‘हीरामण्डीमा एक सट सही दिनका लागि म सात घण्टासम्म सेटमा बस्थें । यसपछि १२ घण्टाको सुटिङ पछि भन्सालीसँग मैले आफ्नो स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरें ।’

मनीषाका अनुसार भन्सालीलाई हरेक दृश्य उत्कृष्ट होस् भन्ने थियो । त्यसकारण पनि कुनै प्रकारको कमी नहोस् भन्नका लागि उनी मेहनत निकै गर्थिन् । यो सिरिजमा सोनाक्षी सिन्हा, मनीषा कोइराला, ऋचा चड्ढा, संजीदा शेख, शर्मिन सहगल, अदिति राव हैदरी, ताहा शाह बदुशाह, शेखर सुमन र अध्ययन सुमन जस्ता कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?