वैदेशिक रोजगारमा पठाई दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

लोकपथ
858
Shares

काठमाडौं । वैदेशिक रोजगारमा पठाई दिन्छु भनि रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालीका वडा नं.२ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालीकावडा नं. १० बस्ने ३१ वर्षीय असिम नगरकोटी रहेका छन् ।

नगरकोटीले आकर्षक तलबको प्रलोभनमा पारी बेरोजगार नेपाली युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई सम्पर्क विहीन भएकाे भन्ने पिडीतहरुले दिएको जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको प्रहरी टोलीले उनलाई आज ठमेलबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?