‘मौलिक हक कार्यान्वयन नहुँदा जनताको अवस्था बदलिएन’

लोकपथ
26
Shares

काठमाडौं । सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले संविधानले मौलिक हकमा व्यवस्था गरेका कुराहरु व्यवहारमा कार्यान्वयन हुन नसक्दा जनताको अवस्था बदल्न नसकिएको बताएकी छन् ।

काठमाडौंमा बिहीबार आयोजित राष्ट्रिय महिला मादल वादन प्रतियोगिताको उद्घाटन गर्दै उनले संविधान कार्यान्वयन गरेर अगाडि जान सके मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्य पूर्ति हुने बताइन् ।

उनले् भनिन्,‘हामीले मौलिक हकमा धेरै कुरा व्यवस्था ग-यौं । कानुनमा धेरै कुरा व्यवस्था ग¥यौं तर त्यही कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न नसक्दा व्यवस्था बदल्यौं अवस्था बदल्न बाँकी छ । जे कुरा भनिरहेको छौं, त्यो कार्यान्वयन फितलो छ । हाम्रो संविधानमा व्यवस्था गरेका कुराहरु कानुनद्धारा र व्यवहारद्धारा कार्यान्वयन गरेर हामी अगाडि जान सक्यौ भने जे उद्देश्यले संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, त्यो बल्ल पूर्ति हुने छ ।’

उनले गाउँ ठाउँमा रहेका प्रतिभाहरुलाई कला संस्कृतिको माध्यमबाट राष्ट्रिय कलाकारिताको मूलप्रवाह ल्याउन आवश्यक रहेको बताइन् । गाउँ–गाउँमा रहेका प्रतिभालाई राष्ट्रिय रुपमा व्यवस्थित गर्नका लािग पनि उनले प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, ‘हाम्रो गाउँ ठाउँमा रहेका प्रतिभालाई राष्ट्रिय कलाकारिताको मूल प्रवाह ल्याउन सकौं । गाउँ–गाउँमा रहेका प्रतिभाहरुलाई राष्ट्रिय रुपमा व्यवस्थित गर्नका लािग नेपाल सरकार प्रतिबद्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?