कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्धको सर्वोच्चमा रिट दायर (पूर्णपाठ)

लोकपथ
260
Shares

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दायर भएको छ ।

प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका हुन् ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

यता कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् भने केहीबेरमा शपथ लिने तयारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?