बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

लोकपथ
273
Shares

काठमाडौं । बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बिहीबार बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

क्राउ पुर्जी जारी हुनेहरुमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ रहेका छन् ।

त्यस्तै वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

नक्सालस्थित करिब ११९ रोपनी रहेको बाल संगठनको जग्गा अनियमिततामा केही दिनअघि संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?