कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, आजै शपथ लिने

लोकपथ
338
Shares

काठमाडौं । एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गरेका ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् । उनले आजै शपथ लिने बताइएको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज विहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

यता सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?