नयाँ सरकार गठनका लागि कोशीमा हस्ताक्षर सनाखत सुरु

लोकपथ
182
Shares

काठमाडौं । नयाँ सरकार गठनका लागि कोशी प्रदेशमा हस्ताक्षर सनाखत सुरु भएको छ ।

मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई समर्थन गरेका ५२ जना सांसदहरुलाई सनाखतका लागि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले उपस्थित हुन भनेका थिए । सोही अनुसार सनाखत प्रक्रिया सुरु भएको हो ।

हस्ताक्षर गरेका सम्पूर्ण प्रदेशसभा सदस्यहरू प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भएका छन् ।

प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका हुन् । उनले मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका थिए ।

यता सरकार गठनको आह्वानविरुद्ध स्वत: कामचलाउ भएका मुख्मन्त्री कार्की सर्वोच्च अदालत पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?