कोशीका मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा

लोकपथ
221
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् ।

प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै उनी बिहीबार बिहान रिट बोकेर सर्वोच्च पुगेका हुन् ।

रिट निवेदनमा उनले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

यता प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?