प्युठानमा जनचेतनामूलक साँस्कृतिक अभियान सम्पन्न

लोकपथ
78
Shares


प्युठान । जनचेतनामूलक साँस्कृतिक अभियान सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा गन्दर्भ समाज नेपाल प्युठानको आयोजनामा ‘लागुऔषध दुर्व्यसन, बाल विवाह तथा वन डढेलोको न्यूनीकरण सम्बन्धी’ जनचेतनामूलक साँस्कृतिक अभियान कार्यक्रम, २०८१ माण्डवी गाउँपालिका-५ स्थित बागीश्‍वरी माध्यामिक विद्यालय तिग्रामा बुधबार सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले कार्यक्रम संचालन गर्नुको उद्देश्‍यबारे चर्चा गर्दै वालविवाह न्यूनीकरणका लागि शिक्षक र अभिभावकहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

बागीश्‍वरी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खेत बहादुर रोकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, गन्दर्भ समाज नेपाल प्युठानका कलाकार टोली, विद्यार्थीहरू र स्थानीयको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?