लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

लोकपथ
676
Shares

काठमाडौं । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा प्रहरीले गोली चलाएको छ ।

लागुऔषध कारोबारी पक्राउ गर्न लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।

कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् भने उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?