रफाहको आक्रमणलाई लिएर इजरायल र अमेरिकाबीच तनाव, अमेरिकाले रोक्यो हतियार आपूर्ति

लोकपथ
234
Shares

काठमाडौं । गाजाको रफाह सहरमा भएको आक्रमणका कारण इजरायल र अमेरिकाबीचको सम्बन्ध चिसिएको छ । दुई देशबीच तनाव बढेसँगै अमेरिकाले इजरायलमा पठाइने हतियारको आपूर्ति रोकेको बताइएको छ । अमेरिकाको बाइडेन सरकारले रफाहमा इजरायलको आक्रमणलाई रोक्न खोजिरहेको छ भने इजरायलले रफाह विरुद्ध सैन्य कारबाही सुरु गरेको छ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले यदि हमासले सम्झौता अन्तर्गत इजरायली बन्धकहरूलाई रिहा नगरे रफाहमा अझ भयानक आक्रमण गर्ने चेतावनी दिएका छन् । इजरायलले हमाससँगको युद्धविराम सम्झौतालाई पनि अस्वीकार गरेको छ । इजरायलले सोमबार राति रफाहमा आक्रमण सुरु गरेको थियो।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा अमेरिकाले इजरायललाई समर्थन गर्ने घोषणा गरेको थियो । तर, इजरायलले रफाहमा गरेको आक्रमणको अमेरिकाले विरोध गरिरहेको छ ।

रफाहमा इजरायली आक्रमणले ठूलो संख्यामा सर्वसाधारणको ज्यान जाने र इजरायल–हमास युद्ध सम्पूर्ण अरब क्षेत्रमा फैलिन सक्ने अमेरिकालाई डर छ। इजरायलले गाजामा गरेको आक्रमणमा हालसम्म ३४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ र यसका कारण गाजाका करिब २३ लाख मानिस भोकमरीको समस्यामा छन् । गाजाबाट इजरायली हमलाबाट बच्न ठूलो संख्यामा मानिसहरूले रफाहमा शरण लिएका छन्। यस्तो अवस्थामा इजरायलले रफाहमा गरेको आक्रमणबाट ठूलो संख्यामा सर्वसाधारणको ज्यान जाने अनुमान गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?