नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ

लोकपथ
78
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेम्वाङलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् । शपथ खुवाउँदै सभामुख घिमिरेले प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन् ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् ।

१५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?