मातातीर्थमा दिवंगत माताको सम्मान गर्न भेला भएका सन्तति (फोटोफिचर)

लोकपथ
52
Shares

काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् जन्मदिने माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्ने दिन ।

काठमाडौंको मातातीर्थ मन्दिरमा दिवंगत माताको सम्झना गर्दै यो दिवस मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको सम्मान गर्न आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ ।

आमा हुने सन्ततिले आमाको सम्मानमा मीठा मीठा परिकार, भोजन गराएर उपहार दिई आमाको आर्शर्वाद लिने गर्दछन् । आमा गुमाईसकेका सन्ततिले भने दिवंगत आमाको सम्झनामा, पिण्ड दान, तर्पण र श्राद्ध गरी सम्झना गर्ने गर्दछन् ।

औंसीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाको आत्माले तृप्ति पाउने विश्वास छ । यही विश्वास र मान्यताको निरन्तरता स्वरुप आज बिहानैबाट मातातीर्थ मन्दिरमा मेला लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?