छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु

लोकपथ
988
Shares


काठमाडौं । छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

रूपन्देहीको गैडहवा गाउँपालिका-१ गैडहवा बस्ने ५३ वर्षीया ज्ञानमती थारूको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित बाख्रा चराउने भनी गएकी उनको चट्याङ लागेर मृत्यु भएको हो ।

त्यस्तै अछामको रामारोशन गाउँपालिका-७ सुतार बस्ने कमल भण्डारीको घरमा सोमबार बेलुकी चट्याङ पर्दा कमलको छोरा ६ वर्षीय गौरव भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?