सट्टावाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ

लोकपथ
169
Shares


रूपन्देही । सट्टावाजीमा संलग्न १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टावाजी) मा संलग्न रहेको अभियोगमा भारत राजस्थान हनुमाननगर मस्तवानी हर्ड पंचायत बस्ने २१ वर्षीय भिम सेन समेत १३ जना भारतीय नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित एक घरको पहिलो र दोस्रो तला भाडामा लिई अनलाइन फेयर प्ले बेटिङ साइट संचालन गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न कम्पनीका ल्यापटप १३ थान, विभिन्न कम्पनीका मोबाइल सेट ३९ थान लगायत अन्य विद्युतिय उपकरणहरूसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?