बिराटचोकमा नवदृष्टिको आँखा शिविर, अदुरदृष्टिका बिरामी बढी

लोकपथ
26
Shares


इटहरी । सुनसरीको इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले मोरङको विराटचोमा बृहत् आँखा शिविर सम्पन्न गरेको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद् सलकपुरसँगको सहकार्यमा उक्त शिविरको आयोजना गरिएको हो ।

ग्रामीण क्षेत्रमा रहेका सर्वसाधारणहरुको सहज पहुँचमा आँखा परीक्षण गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरेको अस्पतालका अध्यक्ष वरिष्ठ नेत्र विशेषज्ञ डा.विजय गौतमले बताए ।

शिविरमा १५७ जना सर्वसाधारणको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आँखामा समस्या देखिएका बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

साथै सो क्रममा मोतीबिन्दु देखा परेका आठ जना र आँखामा मासु पलाएका आठ जना बिरामीहरूलाई शल्यक्रियाका लागि नवदृष्टि आँखा अस्पताल इटहरी रेफर गरिएको थियो ।

पछिल्लो समय मोबाइल तथा डिजिटल माध्यमहरूको जथाभाबी प्रयोग बढेपछि आँखाका बिरामीहरू निकै बढ्दै गएका छन् । आँखा सम्बन्धी सचेतना जगाउँदै निःशुल्क परीक्षण समेत गर्दै आएको नवदृष्टिले पूर्वी पहाडी जिल्लाहरू,संखुवासभा, भोजपुर, धनकुटासम्मका बिरामीहरूको आँखा परीक्षण गर्दै आएको जनाएको छ ।

परीक्षणका क्रममा बालबालिका तथा वयस्कहरूमा मायोपिया अर्थात् अदुरदृष्टिका बिरामीहरू बढी देखापर्ने गरेको अस्पतालले जनाएको छ ।

विद्यालय तहकै विद्यार्थीहरुमा उक्त रोग देखिन थालेपछि अस्पतालले विभिन्न जिल्लाका विद्यालयहरूमा समेत आँखा शिविर गरी परीक्षणलाई तीव्रता दिएको नेत्र विशेषज्ञ राकेश थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?