मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट दायर

लोकपथ
260
Shares

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुख कृष्ण धितालले ३० लाई नै बहुमत घोषणा गरेपछि त्यसविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको हो ।

कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् ।

आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?