सभामुखसहित प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल जारी

लोकपथ
78
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी छ । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ । उनको सचिवालयका अनुसार सभामुख घिमिरेले आज प्रधानमन्त्री दाहाल, विपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलागाएत छलफलमा सहभागी छन् ।

सभामुख घिमिरेले यसअघि पनि संसद् खुलाउने विषयमा पटक पटक प्रयास गर्दै आएका छन् । तर त्यसबारे सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?