होटल भियनामा सीआईबीको छापा

लोकपथ
533
Shares

काठमाडौं । चिनियाँ नागरिक दावा छिरिङको समेत लगानी रहेको होटल भियनामा सीआईबीले छापा मारेको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको हो ।

हुण्डी कारोबार भएको आशंकामा छापा मारेको र हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको स्रोतले बताएको छ ।

उक्त होटलमा यसअघि पनि प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छुट्टाछुट्टै छापा मार्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?