यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
0
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ ।

सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो ।त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ । सोमबार खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको थियो भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा र बिक्री दर १६८ रुपैयाँ ३९ पैसा रहेको छ । सोमबार खरिद दर १६७ रुपैयाँ ९ पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसाले कारोबार भएको थियो ।आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसाले कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?