वामदेवको एमाले पुनरागमन चाहनाबारे ओलीले भने– ‘पछि छलफल गर्छौैं’

लोकपथ
689
Shares


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपामा लिएको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा गौतमले आफू एमालेमा आत्मालोचनासहित फर्किन तयार रहेको बताएपछि अध्यक्ष ओलीले ‘चाहनालाई सकारात्मक रुपमा लिएको’ मात्रै बताए ।

‘वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ । अहिले छलफल गर्ने यो थलो उपयुक्त होइन,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा प्रवेश गर्दिन । पछि छलफल गर्छौैं ।’ माओवादीसँग नजिक र आफ्नै दलको शीर्ष नेतृत्वसँगको मतभेदका कारण गौतम विगतमा एमालेबाट अलग भएका नेता हुन् ।
गौतमले राखेको विचार सकारात्मक भएको उल्लेख गर्दै ओलीले भने, ‘वामदेवजीको अहिले एकताको जुन अभिव्यक्ति र भावना आएको छ, त्यो सकारात्मक एकताको भावना हो । यस भावनालाई अगाढि बढाऔं, महाअभियान सफल होस् । मेरो शुभकामना छ ।’

ओलीले पार्टीले सही बाटो समातेको भन्दै नेतृत्वले गल्ती गरे सच्याएर अघि बढ्ने समेत चर्चा गरे । उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न गराउन वामपन्थीहरूलाई पार्टीमा आउन आह्वान गरे

तर, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतमले पार्टीमा आउन राखेको चाहनाबारे भने उनले उपयुक्त स्थानमा पछि छलफल गर्ने जबाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?