गोंगबुको एक होटलमा युवतीको शव फेला, हत्याको आशंका

लोकपथ
884
Shares

काठमाडौं । काठमाडौंको गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । शुक्रबार गोंगबुस्थित एक होटलमा मोरङको लेटाङ नगरपालिका-२ की ३१ वर्षीया कल्पना भण्डारीको शव झुण्डिएको अवस्थामा भेटिएको हो ।

मोरङ घर भएकी भण्डारी हाल काठमाडौंको बाँसबारी बस्दै आएकी थिइन् । भण्डारी शुक्रबार ३२ वर्षीय अनित कार्कीसँग सो होटलमा बसेकी थिइन् । भण्डारीको परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृत भण्डारीको दायाँ आँखा सुन्निएको र शरीरका विभिन्न भागहरुमा चोट पटक रहेको प्रहरीले जनाएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?