जसपा मधेश संसदीय दलको बैठकमा ३ जना सांसदको अनुपस्थित

लोकपथ
455
Shares

काठमाडौ । मधेश प्रदेशमा जसपा संसदीय दलको बैठकमा तीनजना सांसद अनुपस्थित भएका छन् ।

मधेस प्रदेसभामा जसपाका १९ सांसद छन्। जसमध्ये सोमबारको बैठकमा सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह अनुपस्थित भएका हुन् ।

पार्टी विभाजनपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल गर्न दलका नेता तथा मुख्यमन्त्री सरोजकुमार यादवले संसदीय दलको बैठक बोलाएका थिए ।

अनुपस्थित तीनैजना सांसदको गतिविधि शंकास्पद रहेको विषयमा पनि बैठकमा छलफल भएको स्रोतको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?