कोलकाता आइपीएलको शीर्ष स्थानमा

लोकपथ
247
Shares


काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । उसले ११ खेलबाट १६ अंक बनाएको छ ।

कोलकाता माथि उक्लिएपछि आइपीएल अंक तालिकाको पहिलो स्थानमा रहेको राजस्थान रोयल्स दोश्रो स्थानमा झरेको छ । तर राजस्थानले १० खेलमात्रै खेलेको छ । ११ खेल नै खेलेको चेन्नई सुपर किंग्स अंक तालिकामा तेश्रो स्थानमा रहेको छ ।
गएराति कोलकाताले लखनउमाथि उसकै घरेलु मैदानमा ९८ रनको फराकिलो जित हात निकालेको हो । कोलकाताले २३६ रनको लक्ष्य प्रस्तुत गरी लखनउलाई १६.१ ओभरमै अल आउट गरेको थियो भने अल आउट हुनुअघि लखनउले १३७ रन बनाएको थियो ।

मार्कस स्टोइनिसले ३६ रन र कप्तान केएल राहुलले २५ रनमात्रै बनाएका थिए । कोलकाताले आयुष बदोनीलाई १५ रनमा, निकोलश पुरनलाई १० रनमा र एस्टोन टर्नरलाई १६ रनमा आउट गरेको थियो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ कोलकाताका हर्षित राणा र वरूण चक्रवर्थीले समान ३/३ विकेट लिए । आन्द्रे रसेलले २ तथा मिचेल स्टार्क र सुनिल नारायणले १/१ विकेट लिए । पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन जोडेको थियो । त्यसका लागि सुनिल नारायणले सर्वाधिक ८१ रन बनाए । उनले ३९ बलमा ६ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै फिल सल्टले १४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३२ रन जोडे । अंक्रुश रघुवंशीले ३२ रन, रमनदीप सिंहले २५ रन, श्रीयश ऐयरले २३ रन र आन्द्रे रशेलले १२ र रिंकु सिंहले १६ रन जोडे । बलिङतर्फ लखनउका नवीन उल हकले ३ तथा यश ठाकुर, रवी बिस्नोई र युधविर सिंहले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?