यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
0
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार शनिवारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा तोकिएको छ । आइतबार खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसाले कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८५ पैसा तोकिएको छ । आइतबार खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा रहेको थियो ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?