सन्दीप दोषि भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ : रचना रिमाल

लोकपथ
260
Shares

काठमाडौं । गायिका रचना रिमालले सन्दीप लामिछानेको मुद्दाको पेशी अर्को मितिलाई तोकिएपछि आक्रोश व्यक्त गरेकी छिन् । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन मुद्दाको सुनुवाइ न्यायाधीशले हेर्न नमिल्ने सूचीमा राखेपछि गायिका रचनाले आफ्नो आक्रोश व्यक्त गरेकी हुन् ।

असन्तुष्टि जनाउदै गायिका रचनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा “दोषि भए कानुन अनुसार सजाय देउ
निर्दोष भए विश्वकप खेल्न देउ”भनेर लेखेकी छिन् ।

आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?