१९ मङ्सिर २०७९, सोमवार

राजधानीको सडकमा मध्यराति किन युवा स्टार अनमोल ?

२०७४,कार्तिक,१३,सोमवार ०७:५४

0
Shares

काठमाडौं, १३ कार्तिक – सुपरस्टार नायक भुवन केसीको निर्माण तथा अनमोल केसी अभिनित चलचित्र ‘कृ’को छायाँकन फेरि सुरु भएको छ । पटक पटक रोकिदै आएको चलचित्रको छायाँकन अहिले राजधानीमा सुरु गरिएको हो राजधानीको बिभिन्न सडकमा मध्यराती चलचित्रको लागि द्धन्द्धका दृश्यहरु छायाँकन भइरहेको छ । जसको जानकारी चलचित्रका द्धन्द्ध निर्देशक चन्द्र पन्तले सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका हुन् ।  पन्तले चलचित्रमा अनमोलले दिदै गरेको दृश्य सहितका केही तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा अनमोलले एक्सन अभिनय गरिरहेको लुक समेत देख्न सकिन्छ अनमोलसँगै अदिति बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय चलचित्रमा रहने छ सुवास गिरि र भुवन केसीले मिलेर निर्माण गरिरहेको चलचित्र पुरुषोत्तम प्रधानले छायाँकन गरिरहेका छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रको निर्माण समयमा रिलिज मिति समेत घोषणा गरिएको थियो । तर समयमा छायाँकन नसकिदा पटक पटक रिलिज मिति सर्दै आएको छ सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको ‘कृका सहनिर्माता श्री पराजुली हुन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०७:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालीका थापाथलीस्थित प्रशुतीगृह पछाडी बागमती किनारामा बसेका सकुम्बासीले विभिन्न माग राखी माईतीघर मण्डलामा र्‍यालीसहित नयाँ बानेश्वरमा पुगी

सत्तारोहणको आकांक्षा हरेक राजनीतिज्ञमा हुन्छ । बहुदल आएपछि एकै अनुहार निरन्तर सत्ताको वरिपरि छन् । राजनीतिक संघर्ष बाहेक राणाविरुद्धको क्रान्तिदेखि

काठमाडौं । बागबजारका व्यापारी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदका लागि आइतवार (आज) देशभर मतदान कार्य जारी छ । बिहान

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८