नेता बस्नेत विरुद्धको मुद्दा तामेलीमा राखेकोबारे अदालतले माग्यो लिखित जवाफ

लोकपथ
611
Shares

काठमाडौं । अदालतले पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णयमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँसँग लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।

बस्नेतविरुद्ध ३१ वर्षीया युवतीले दिएको बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले तामेलीमा राख्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?