गण्डकी प्रदेशमा राप्रपा तटस्थ बस्ने

लोकपथ
234
Shares

काठमाडौं। गण्डकी प्रदेशमा राप्रपा तटस्थ बस्ने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको हो ।

अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ । मुख्यमन्त्री अधिकारीले आज अपराह्न ३ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

नेकपा (एमाले) गण्डकी संसदीय दल नेतासमेत रहेका अधिकारी गत चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुई भन्दा धेरै दलको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?