जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १३ जना पक्राउ

लोकपथ
494
Shares


काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका-१० प्रतिभा टोल बस्ने प्रेम बहादुर चौहानको घरमा जुवातास खेलिरहेको अवस्थामा चौहान समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार १ सय १५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै काठमाडौं महानगरपालिका-९ बस्ने ५३ वर्षीय उत्तम महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार २ सय ८५ रूपैयाँ र १५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?