राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा

लोकपथ
91
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएका छन् ।

चक्रबहादुर बुढालाई राजस्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी रहेको छ । गत असार २०८०मा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए ।

उनी त्यसअघि प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि उनी चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?