प्रियंकाका पति निकलाई भाइरस संक्रमण, कन्सर्ट सारियो

लोकपथ
169
Shares


काठमाडौं । ग्लोबल आइकन प्रियंका चोपडाका गायक पति निक जोनस यतिबेला चर्चामा छन् । निक आफ्नो म्यूजिकल कन्सर्टका कारण चर्चामा आउँछन् । तर उनले स्वास्थ्य समस्याका कारण केही कन्सर्ट सारेका छन् ।

यी अमेरिकी गायकले आफ्ना फ्यानसमक्ष भिडियो सन्देशमार्फत माफी मागेका छन् । उनले आफूलाई खतरनाक भाइरसको संक्रमण भएको खुलाएका छन् ।

उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो राखेका छन् । जहाँ उनले फ्यानलाई कन्सर्ट सार्नु पर्दा माफी मागेका छन् । भिडियोमा जोनस ब्रदर्सको कन्सर्ट टुर सार्नुपर्ने कारण पनि खुलाएका छन् । उनले आफूलाई इन्फ्लुएन्जा ए भाइरसले समातेको बताएका छन् ।

‘म निक हुँ । मसँग तपाईंहरुलाई सुनाउनुपर्ने एउटा खबर छ, जुन खबर राम्रो छैन । तर बताउन आवश्यक छ । केही दिन अघि मलाई केही अनौठो अनुभव भयो । जब म बिउँझिएँ, मेरो स्वर निस्किएन । त्यो राती म कन्सर्टको लागि अभ्यास गरिरहेको थिएँ । पछिल्लो दुई दिन यता मेरो अवस्था विस्तारै विस्तारै खराब हुँदै गएको छ । म हिजो दिनभरी ओछ्यानै रहें । ज्वरो, शरीरमा दुखाई, गलामा खराबी र धेरै खोकी छ’, भिडियो सन्देशमा निकले भनेका छन् ।

निकले अगाडि भनेका छन्,‘मलाई ठीक हुन आवश्यक छ । मलाई तपाईंहरुलाई निराश बनाउँदा दुःख लागेको छ । तपाईं हामीलाई साथ दिनका लागि धेरै गर्नुहुन्छ । तपाईंहरुमध्ये धेरै शोमा सहभागी हुन यात्रा गरिसक्नुभएको होला । म यो कुरा भन्न चाहन्छु कि म यो कुराबाट दुःखी छु । म चाँडै ठीक हुने कोशिस गर्दैछु ।’

उनले आफूलाई इन्फ्लूएन्जा–ए नामक खतरनाक भाइरसले भेटेको उल्लेख गरेका छन् । ‘हेल्लो साथीहरु, मलाई एन्फ्लूएन्जा–ए को खतरनाक स्ट्रेन भएको छ । जुन चारैतिर फैलिएको छ । म यो समय कुनै पनि कन्सर्टमा गाउन सक्दिनँ । मैले यसका लागि मेक्सिको कन्सर्टको मिति सारेको छु । अब यो शो अगष्टमा हुनेछ,’ भिडियोको क्याप्सनमा निकले लेखेका छन् ।

मेक्सिकोको कन्सर्ट पछि जोनस ब्रदर्सको आगामी शो आयरल्याण्डमा हुनेछ । त्यसपछि सेप्टेम्बरमा यूके, अष्ट्रिया, जर्मनी, स्पेन, इटली र स्विट्जरल्याण्डमा निक आफ्ना भाई केविन र जोका साथ प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?