रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

लोकपथ
403
Shares


काठमाडौं ।
स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६औँ संस्करणको उपाधि जितेको हो ।

शनिवार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का
गरेको हो । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।

रियलले ३४ खेलबाट ८७ अंक जोडेको छ भने समान खेलबाट जिरोनाले ७४ अंक बनाएको छ । बार्सिलोना ७३ अंकसहित तेश्रो स्थानमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?