१६ मङ्सिर २०८०, शनिवार

राजधानीको सडकमा मध्यराति किन युवा स्टार अनमोल ?

२०७४,कार्तिक,१३,सोमवार ०७:५४

0
Shares

काठमाडौं, १३ कार्तिक – सुपरस्टार नायक भुवन केसीको निर्माण तथा अनमोल केसी अभिनित चलचित्र ‘कृ’को छायाँकन फेरि सुरु भएको छ । पटक पटक रोकिदै आएको चलचित्रको छायाँकन अहिले राजधानीमा सुरु गरिएको हो राजधानीको बिभिन्न सडकमा मध्यराती चलचित्रको लागि द्धन्द्धका दृश्यहरु छायाँकन भइरहेको छ । जसको जानकारी चलचित्रका द्धन्द्ध निर्देशक चन्द्र पन्तले सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका हुन् ।  पन्तले चलचित्रमा अनमोलले दिदै गरेको दृश्य सहितका केही तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा अनमोलले एक्सन अभिनय गरिरहेको लुक समेत देख्न सकिन्छ अनमोलसँगै अदिति बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय चलचित्रमा रहने छ सुवास गिरि र भुवन केसीले मिलेर निर्माण गरिरहेको चलचित्र पुरुषोत्तम प्रधानले छायाँकन गरिरहेका छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रको निर्माण समयमा रिलिज मिति समेत घोषणा गरिएको थियो । तर समयमा छायाँकन नसकिदा पटक पटक रिलिज मिति सर्दै आएको छ सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको ‘कृका सहनिर्माता श्री पराजुली हुन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०७:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा

काठमाडौं । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७

काठमाडौं । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गर्ने भएको छ

काठमाडौं । हिन्दी चलचित्रमा एउटा डाइलग छ, ‘अगर किसी चिजको दिल से चाहो तो पूरी कायनाथ उसे तुमसे मिलानेकी कोशीसमे

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३