आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

लोकपथ
52
Shares


काठमाडौं । आज ३१औं विश्व प्रेस स्वतन्त्रता दिवस । ‘विश्वका लागि प्रेस : वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै विश्वभर मनाइँदै छ ।

दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

दिवसका अवसरमा शुक्रबारदेखि काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन हुँदैछ । बिहान शान्तिवाटिकादेखि प्रदर्शनीमार्गसम्म पत्रकारहरूले बृहत् -याली निकाल्दैछन् । त्यसपछि महासंघको महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?