सामान्य बाम तालमेल होइन बृहद बामपन्थि एकता हो -प्रचन्ड

भरतपुर, १३ कार्तिकनेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)ले अहिले भैरहेको बामपन्थी गठबन्धन केबल चुनाबकालागी मात्र भन्ने बुझ्न नहुने बताएका छन । अध्यक्ष दाहालले अहिलेको गठबन्धन बामपन्थिहरूका बिच बृहद धुर्बिकरण गरी नेपालमा एउटै कम्यूनिस्टकेन्द्र स्थापने गर्ने उदस्यका साथ अगाडी बढेको बताए प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल चितवन शाखाले संयूक्तरूपमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा अध्यक्ष प्रचन्डले सो कुरा बताएका हुन नेकपा माओवादी केन्द्र र नेकपा एमालेका बिच पार्टी एकिकरण संयोजन समिति समेत निर्माण भइ काम अगाडी बढीरहेको अवस्थामा यसप्रति कोही कसैले संका उपसंका गर्नु नहुने बताए ।चितवन निर्वाचन क्षेत्र न ३ का उमेद्वार समेत रहेका दाहालले निर्वाचनमा आफू बिजयी हुने बिस्वास ब्याक्त गरे आफू चितवनकै बासिन्दा रहेको भन्दै चितवनको बिकास र संमृद्दीमा आफूले उल्लेख्य भूमिका खेलेको र रिरन्तर खेलिरहने बताए । अध्यक्ष दाहालले संबिधानको कार्यान्वयन ,देशको आर्थिक, राजनितिक र सामाजिक रूपान्तरणकालागी बम गठबन्धनले निर्वाचन जित्नैपर्ने बताउनुभयो ।बाम गठबन्धनले उमेद्वारहरूको टुड्गो कहिले लाग्छ भन्ने पत्रकारहरूको प्रस्नमा संध र प्रदेसको उमेद्वार भोली सम्ममा टुड्गो लाग्ने बताए । बादरमुडे धटनाका बारेमा पत्रकारले सेधेका जिज्ञसाको जवाफ दिदै अध्यक्ष दाहालले बादरमुडे धटना एक दुखद धटना भयको र पार्टीको तर्फबाट पिडीत र राष्ट्रसामु पटक पटक माफी मागिसकेको बताउदै माडीलाइ पार्टीले बिषेस महत्वकारूपमा लिएक बताए निर्वाचन तोकियकै मितिमा सम्पन्न हुनुपर्ने बताउदै निर्वाचन आयोगले दुबै मतपत्र छपाउने निर्णय गरेसंगै निर्वाचन के होला भन्ने संका निभारण भयको बताए सरस्वती मा बि मेधौली जितपुरको स्वर्ण महोत्सबको अवसरमा आयोजित कार्यक्रमलाइ स्बोधन गर्न अध्यक्ष प्रचन्ड चितवन आएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?