नेपालले गुमायो तेस्रो विकेट

लोकपथ
507
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जवाफी व्याटि गरिरहेको नेपालको तेस्रो विकेट पतन भएको छ । नेपालको तेस्रो विकेटको रुपमा कुशल मल्ल आउट भएका हुन् ।

वेस्ट इन्डिज ‘ए’ २१० रनको लक्ष्य दिए सँगै टी-२० सिरिजको चौथो खेलमा नेपालले तेस्रो विकेट गुमाएपछि थप दबाबमा परेको हो ।

पाँचौँ ओभर नेपालका लागि निकै महंगो भएको छ । नेपालले पाँचौँ ओभरमा कुशल भुर्तेल र कुशल मल्ललाई गुमाएको छ।

भुर्तेलले चार बलमा एक रन जोडेर आउट भए भने मल्लले ४ बलमा ४ रन बनाए। नेपालले ५ ओभरमा ३ विकेट गुमाएर ३१ रन जोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?