वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

लोकपथ
338
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको चौथो खेलमा नेपालले जितका लागि २१० रनको लक्ष्य पाएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै २०९ रन जोडेको हो ।

वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रन बनाए । फाबिएन एलेन ३३ रनमा अविजित रहे । त्यस्तै, जोनसन चाल्र्सले ५८, केसी कार्टी ४ रन बनाएर आउट भए ।

नेपालका लागि कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए ।

५ खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अघि रहेको छ । त्यसैले पनि नेपालले आजकाे खेल जित्नै पर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?