जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
0
Shares


झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?